Connect with us
Advertisement

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

Published

on

पोखराः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करीब ३ महिनादेखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुवै टोली वैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेका छन् ।

वैदेशिक प्रशिक्षणअन्तर्गत पुरुषको राष्ट्रिय ह्याण्डबल टोली मित्रराष्ट्र भारतको चण्डीगढस्थित पटियालामा प्रशिक्षण गर्नेछ । महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन् ।

दुवै टोलीलाई पोखरा रङ्गशालामा राष्ट्रिय झण्डा सहित बिदाइ गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीले खेलेर के पाए भन्ने दिनलाई समाप्त पार्न आफ्नो पहल रहेको बताए । उनले समाजलाई खेलबाट नयाँ सन्देश दिनुपर्नेतर्फ इङ्गित गर्दैै भने, ‘आफ्ना छोराछोरीलाई खेलतर्फ आकर्षित गर्न राज्यले खेलाडीलाई सबै सुविधा उपलव्ध गराउन आवश्यक छ ।’

राष्ट्रिय खेलकुद परिषद सदस्य गुरुङले १३ औं सागमा पदक जित्ने खेलाडीलाई कम्तीमा पनि एक तोला सुनको मेडल दिई थप हौसला बढाउन आफ्नो तर्फबाट पहल रहने बताए । उनले त्यो मात्रै नभई कम्तीमा पनि खेलाडीले आफ्नो जीवनयापनसँगै बाँच्ने आधार स्थपित गर्न राज्यको ध्यान जानुपर्ने कुरा उल्लेख गर्दै भने, ‘खेलाडीले खेलेर जग्गा पाइँदो रहेछ, घर पाइँदो रहेछ’ भन्ने सन्देश समाज र युवामा पु¥याउनु पर्छ ।’ उनले ह्याण्डबलले १३ औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको बताए ।

सङ्घका अध्यक्ष एवम नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले बैंककमा महिला टोलीले बैंककस्थित विश्वविद्यालय टोलीहरूसँग १० देखि १२ ओटा मैत्रीपूर्ण म्याचसहित अभ्यास म्याच खेल्ने जानकारी दिए । उनले भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतका विभिन्न स्थानीय टिमहरूसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिए ।

दुवै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । १३ औं साग अन्तर्गत ह्याण्डबल खेल मंसिर १७ गतेबाट पोखरा रङ्गशालास्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला र पुरुष टोलीको सहभागिता रहनेछ ।

बिदाइ कार्यक्रममा १३ औं साग स्थानीय सहजीकरण समितिका सचिव लक्ष्मण योगी, कास्की ह्याण्डबल सङ्घका कार्यवाहक अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबल सङ्घका वैदेशिक विभाग प्रमुख राम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

भारत जाने पुरुष खेलाडीमा टिम कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपक सिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिञ्जाली, यमबहादुर पुन, आशिष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन् ।

महिला टिमतर्फ टिम कप्तान रञ्जना राई, बबिता श्रेष्ठ, अर्चना न्यौपाने, सङ्गीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आईताल्हामु शेर्पा, रामकुमारी चौधरी, शारदा बिक, कल्पना ओली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन् ।

दुवै टोलीका टिम म्यानेजर जीवन बस्नेत र शान्ति थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, कृष्ण शाक्य, टेकबहादुर परियार र बिन्दा थापा रहेका छन् ।

Continue Reading

Facebook Comment

9 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

Published

on

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक